
काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशाकुमारी झा भारी मतान्तरले विजयी भएकी छन् ।
अन्तिम मतपरिणाम अनुसार, झाले ३० हजार ४ सय ३४ मत प्राप्त गरी जीत हासिल गरेकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलकुमार लालवानीले ९ हजार ४ सय १५ मत मात्र प्राप्त गरे ।
यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का राजकुमार यादवले ८ हजार ७ सय ४७ र नेकपाका शिवकुमार मण्डलले ८ हजार ६ सय २३ मत पाएका छन् ।
यस्तै, एमालेका मनोजकुमार अग्रवाल ६ हजार ९ सय ४५ र राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डल ४ हजार १ सय ९९ मतमा सीमित भए ।








प्रतिक्रिया