सम्पूर्ण अपडेट

कपिलवस्तु–३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी, चौथोपटक बने सांसद

147
Shares

काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित भएका छन् ।

शाहले ४ हजार ६ सय ४५ मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियालाई पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार, शाहले २३ हजार ५ सय ३५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रजौरियाले १८ हजार ८ सय ९० मत पाए ।

यस जीतसँगै शाहको संसदीय यात्रा चौथोपटक सुनिश्चित भएको छ । उनी यसअघि २०६४ र २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।