सम्पूर्ण अपडेट

सुर्खेत–१ मा कांग्रेसका विष्णु खड्का जीत नजिक, एमाले ८ हजार मतले पछि

343
Shares

काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयोन्मुख भएका छन् ।

कुल ७० हजार १ सय ६७ मत खसेको यस क्षेत्रमा ६१ हजार ९ सय २७ मत गणना भइसक्दा खड्काले २४ हजार ६ सय ९४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवबहादुर शाही १६ हजार ५ सय ८९ मतका साथ दोस्रो स्थानमा छन् ।
खड्का र शाहीबीच ८ हजार १ सय ५ मतको अन्तर रहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरी १३ हजार ४ सय ५५ मतसहित तेस्रो स्थानमा छन् ।

अब गणना गर्न करिब ८ हजार मत मात्र बाँकी रहँदा खड्काको जीत लगभग निश्चित देखिएको छ ।