
काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो विवरण अनुसार, शाहले २२ हजार २ सय २६ मत प्राप्त गरेका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १७ हजार ६ सय ८१ मतका साथ पछ्याइरहेका छन् ।
शाह र रजौरियाबीचको मतान्तर ४ हजार ५ सय ४५ रहेको छ । अब शिवराज नगरपालिकाका वडा नं. १० र ११ को मात्र मतगणना हुन बाँकी रहेकाले शाहको जीतको सम्भावना बलियो देखिएको छ ।








प्रतिक्रिया