
काठमाडौं । गुल्मी–१ मा रास्वपाका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार १८१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ५०५ मत प्राप्त गरेका छन् ।
ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १४ हजार ४६१ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।








प्रतिक्रिया