सम्पूर्ण अपडेट

दाङ–२ मा रास्वपाका विपिन आचार्य विजयी, शंकर पोखरेल पराजीत

56
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्य निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार आचार्यले ४३ हजार ५ सय ७५ मत प्राप्त गरेका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शंकर पोख्रेलले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन् ।

आचार्यले पोख्रेललाई २८ हजार २ सय ७५ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५ सय ९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८० मत प्राप्त गरेका छन् ।

दाङ–२ मा कुल ८० हजार ९ सय २० मत खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने परिणामको औपचारिक घोषणा गर्न बाँकी रहेको जनाएको छ।