सम्पूर्ण अपडेट

डडेल्धुरामा रास्वपाका ताराप्रसाद जोशीको अग्रता, कांग्रेसका महर दोस्रो स्थानमा

238
Shares

काठमाडौं । बिहीबार सम्पन्न निर्वाचनपछि डडेल्धुरामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ताराप्रसाद जोशीले अग्रता कायम गरेका छन् ।

पछिल्लो गणनाअनुसार, ३३ हजार ५८ मत गन्दा जोशीले १२ हजार ८४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नैनसिंह महरले ८ हजार ४०४ मत पाएका छन् ।

त्यस्तै, नेकपाका मानसिंह मालले ६ हजार २०२ र नेकपा एमालेका चक्रप्रसाद स्नेहीले २ हजार ३८५ मत प्राप्त गरेका छन् ।