सम्पूर्ण अपडेट

कैलाली–५ मा घण्टीको चर्को स्वर, डा. चन्द १७ हजारभन्दा बढी मतले अगाडि

112
Shares

काठमाडौं । कैलाली–५ को पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. आनन्दबहादुर चन्दले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन् ।

कुल ५५ हजार ६४७ मत गणना भइसक्दा चन्दले २७ हजार ७७ मतका साथ पकड बलियो बनाएका हुन् ।

कांग्रेस, नेकपा र एमालेका उम्मेदवारहरूलाई निकै पछि पार्दै चन्दले १७ हजार २९३ को भारी मतान्तर बनाएका छन् ।

कांग्रेसका नरनारायण शाहले ९ हजार ७ सय ८४ र नेकपाका प्रेम आलेले ७ हजार ६४ मत प्राप्त गरेका छन् ।

एमालेका यज्ञराज ढुंगानाले ५ हजार १९ मत प्राप्त गरेका छन् ।