सम्पूर्ण अपडेट

नवलपरासी–२ मा रास्वपाका नरेन्द्र कुमार गुप्ता निकै अघि

91
Shares

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र कुमार गुप्ता निकै फराकिलो अन्तरका साथ अग्रस्थानमा छन् । उनले अहिलेसम्म २२ हजार ४ सय ४ मत ल्याएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीम बहादुर थापा क्षेत्रीले ९ हजार ५८ मात्र प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा जनता समाजवादी पार्टीका देवेन्द्र यादव छन् । उनले ३ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् ।