सम्पूर्ण अपडेट

स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी

91
Shares

स्याङ्जा । स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी भएका छन् ।

शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले राससलाई जानकारी दिए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित भएका छन् । उनले १८ हजार ८५७ मत प्राप्त गरेका थिए । नेकपा (एमाले) का मीनप्रसाद गुरुङ तेस्रो भएका छन् । उनले १६ हजार ८०४ मत प्राप्त गरेका छन् ।