
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बम निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका बमले २९ हजार १४२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा (एमाले) का राजन भट्टराईले ५ हजार ७३३, राप्रपाका सुरेन्द्रराज भण्डारीले २ हजार २५ र उज्यालो नोपल पार्टीका झनकबहादुर अधिकारीले ८१५ मत प्राप्त गरेका छन्।








प्रतिक्रिया