सम्पूर्ण अपडेट

झापा ५ मा बालेन शाह २० हजारभन्दा बढी मतले अगाडि

7
Shares

झापा । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहेका उक्त मत प्राप्त गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त क्षेत्रका नेकपा ९एमाले०का उम्मेदवार तथा अध्यक्ष केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गरेका छन् ।

यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले चार हजार ११५ मत, नेपाली कांग्रेसकी उम्मेद्वार मन्धरा चिमरियाले ८२४ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ६६२ मत प्राप्त गरेको कार्यालयले जनाएको छ ।