सम्पूर्ण अपडेट

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

343
Shares

काठमाडौं । मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ः४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए ।

उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

उनी मोरङ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए ।