सम्पूर्ण अपडेट

रूपन्देही–२ मा विष्णु पौडेल विरुद्ध मतान्तर बढाउँदै सुलभ खरेल

147
Shares

काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार २० हजार ८०५ मतगणना हुँदा खरेलले १३ हजार ८६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले ३ हजार १३३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले १ हजार ७७९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप पाण्डेले ४०५ मत प्राप्त गरेका छन् ।

रूपन्देही–२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नम्बर १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ देखि ६ तथा सैनामैना नगरपालिकाका वडा नम्बर १ देखि ४ समेटिएका छन् ।

यस क्षेत्रमा नेकपा (एमाले) का विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे लगायत विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवार गरी कुल ३९ जना प्रतिस्पर्धामा रहेका छन् ।

यहाँ कुल खसेको मत सङ्ख्या ८६,७१५ मत खसेको थियो ।