सम्पूर्ण अपडेट

दाङ–२ मा रास्वपाका विपिन आचार्यका सामु एमाले महासचिव पोखरेल निकै पछि

1.1k
Shares

काठमाडौं । दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्यले १८ सय मतका साथ फराकिलो अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महासचिव शंकर पोखरेल ५८७ मतका साथ निकै पछि छन् ।

नेपाली कांग्रेसका किरणकिशोर घिमिरे ३८० मतका साथ तेस्रो स्थानमा छन् ।

उता नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले २८० मत हासिल गरेका छन् ।