सम्पूर्ण अपडेट

ओखलढुंगाको मत गणना दिउँसो १ बजेदेखि सुरु हुने

119
Shares

काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा मत गणना दिउँसो १ बजेदेखि हुने भएको छ ।

बिहान १० बजे बोलाइएको सर्वदलीय बैठकले १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार सबै मतपेटीका आइसकेपछि बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।

हाल उक्त सर्वदलीय बैठक सम्पन्न भइसकेको छ ।