
काठमाडौं । ताप्लेजुङ जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरिएको छ । जिल्लाभर रहेका एक सय २७ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन कार्यालयमा ल्याइएका हुन् ।
बिहानसम्म चार वटा दुर्गम केन्द्रबाहेक अन्य सबै स्थानका मतपेटिका सङ्कलन भइसकेका थिए ।
ती चार केन्द्रका मतपेटिका भने पनि हेलिकप्टरमार्फत ल्याइएपछि सबै मतपेटिका सङ्कलनको काम सम्पन्न भएको हो ।
सबै मतपेटिका सङ्कलन भइसकेकाले अब सर्वदलीय बैठक बसेपछि मतगणनाको प्रक्रिया सुरु गरिने बताइएको छ ।








प्रतिक्रिया