सम्पूर्ण अपडेट

बुलेटबाट उदाएको माओवादीलाई स्वागत गरेझैं ब्यालेटबाट आएको रास्वपालाई पनि स्वागत गर्छौंः शर्मा

1.1k
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता लिइरहेका बेला विश्वप्रकाश शर्माले मतदाताको निर्णयलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै लोकतान्त्रिक व्यवस्थामा मतदाताको निर्णय नै अन्तिम हुने भएकाले त्यसलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।

उनले विगतमा ‘बुलेट’ बाट उदाएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई पनि स्वागत गरिएको स्मरण गराउँदै अहिले ‘ब्यालेट’ बाट उदाउँदै गरेको रास्वपालाई पनि स्वीकार गर्नुपर्ने उल्लेख गरेका छन् । “मतदाताको फैसला स्वीकार्य छ,” उनले लेखेका छन्, “बुलेटबाट उदाएको माओवादीलाई स्वागत गरिएको संयमलाई दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत ।”

साथै उनले २०७९ को प्रतिनिधि सभा निर्वाचन मै रास्वपाले पाएको सफलताले अहिले देखिएको परिणाम अस्वाभाविक नभएको संकेत दिएको बताएका छन्। उनका अनुसार देशका मूल मुद्दाहरूमा सहयोग र खबरदारी दुवै जारी रहनेछ ।