
काठमाडौं । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि रास्वपाको प्रभावशाली प्रदर्शन देखिएको छ ।
प्रारम्भिक ९०० मतको गणना सकिँदा रास्वपाका ज्ञानेन्द्र महत आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मतले अगाडि छन् । उनले ३८७ मत पाएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरि प्रसाद बोहराले अहिलेसम्म जम्मा १५६ मत पाएका छन् ।
उता, नेकपा एमालेका उम्मेदवार डा दीपक प्रकाश भट्टले ८५ मत मात्र प्राप्त गरेका छन् ।
मतगणना जारी छ ।








प्रतिक्रिया