
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा भक्तपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जितले अग्रता कायम राखेका छन् ।
निर्वाचन अधिकृत नवराज दाहालका अनुसार हालसम्मको मतगणनामा रन्जितले ३ हजार ८८४ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २ हजार १३३ मत पाएका छन् । दुवैबीचको मतान्तर १ हजार ७५१ रहेको छ।
त्यस्तै नेपाली कांग्रेसका किरण न्यौपानेले ६०५ मत प्राप्त गरेका छन्।








प्रतिक्रिया