
रसुवा । रसुवाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले सुरूवाती अग्रता बनाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनको हालसम्म गणना भएको ७६१ मतमध्ये आचार्यले ४५० मत प्राप्त गर्दै आफ्नो अग्रतालाई फराकिलो बनाएका हुन् ।
उनले प्राप्त गरेको यो मत कुल गणना भएको मतको झण्डै ६० प्रतिशत हो ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर तामाङले १५८ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट ९४ मतका साथ तेस्रो स्थानमा देखिएका छन् ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ५, चिमले २४, हलोले ३ र भालेले २ मत ल्याएका छन् ।








प्रतिक्रिया