
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले ६९९ मतले अग्रता लिएकी छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाललाई पछि पारेकी हुन् ।
जारी मतगणनाको अहिलेसम्मको परिणामअनुसार गौतमले २ हजार ४८५ मत ल्याएकी छन् । दाहालले १ हजार ७८६ मत ल्याएकी छन् ।
नेकपा एमालेका शंकर थपलियाले ५३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका टेकप्रसाद गुरूङले २७६ मत प्राप्त गरेका छन्। राप्रपाका दीपक थापाले ११३ मत ल्याएका छन् ।








प्रतिक्रिया