सम्पूर्ण अपडेट

काठमाडौं–३ मा राजु पाण्डे र कुलमान घिसिङबीच तीव्र प्रतिस्पर्धा

343
Shares

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेले अग्रता लिएका छन् ।

पछिल्लो मतगणनामा उनले २९ सय ६० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी उज्ज्यालो नेपाल पार्टीका कुलमान घिसिङले २७ सय ६ मतका साथ पछ्याइरहेका छन् ।

सुरुवाती गणनामा घिसिङ अघि रहेको भए पनि पाण्डेले अहिले उछिनेका हुन् ।

नेपाली कांग्रेसका रमेश अर्याल १ हजार ११ मतका साथ तेस्रो स्थानमा छन् ।