
काठमाडौं । बिहिबार सम्पन्न भएको प्रतिनिधि सभाको निर्बाचनको क्रममा प्रारम्भिक मत परिणाम अनुसार शुक्रवार बिहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ३१ स्थानमा अग्रस्थान लिएको छ ।
रास्वपाले ३१ स्थानमा अग्रस्थान लिन सफल भएको छ भने नेकपा एमाले ४ स्थान, नेपाली कांग्रेस र नेकपा १ -१ स्थानमा अग्रस्थानमा छ ।
झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्ष केपी ओलीले ३८४ मत प्राप्त गरेका छन् ।
यस्तै चितवन २ मा रास्वपाका अध्यक्ष रवी लामिछानेले ११५८ मत ल्याउँदै गर्दा एमालेका अस्मिन घिमिरेले ९०८ मत प्राप्त गरेका छन् ।
चितवन ३ मा रास्वपाकी सोविता गौतमले ९२५ मत प्राप्त गर्दा नेकपाका रेणु दाहालले ६७९ मत ल्याएकी छन् ।
रुपन्देही ३ मा रास्वपाका उम्मेदबार डा. लेखजंग थापाले १३७७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका शुशिल गुरुंगले २४९ मत प्राप्त गरेका छन् ।
उता काठमाडौं १ मा नेपाली कांग्रेसका उदयशमशेर जबराले ५२२ मत ल्याउँदा एमालेका चेतनाथ सञ्जेलले २६९ मत प्राप्त गरेका छन् ।
काठमाडौं ३ मा रास्वपाका राजु पाण्डेले २९६० मत प्राप्त गर्दा उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले २७०६ मत प्राप्त गरेका छन् ।
उता रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले ४०७४ मत प्राप्त गर्दा नेकपा एमालेका बिष्णु पौडेलले ८४५ मत प्राप्त गरेका छन् ।
कास्की ३ मा रास्वपाका खड्कराज पौडेललेल ८६६ मत ल्याउँदै गर्दा कांग्रेसका तिलकबहादुर रानाभााटले ४७५ मत प्राप्त गरेका छन् ।
काठमाडौं २ मा रास्वपाका सुनिल केसीले ९०७८ मत प्राप्त गर्दा नेकपा एमालेका मणिराम फूयाँलले ७४५ मत प्राप्त गरेका छन् ।
भक्तपुर २ मा रास्वपाका राजिव खत्रीले १४०० मत ल्याउँदा नेकपा एमालेका महेश बस्नेतले १२०० मत ल्याएका छन् ।
यसैगरी धनुषा ३ मा रास्वपाका मनिष झाले ३७८७ मत ल्याउँदै गर्दा कांग्रेसका बिमलेन्द्र निधीले ९९९ मत प्राप्त गरेका छन् ।
काठमाडौं १ मा रास्वपाका रञ्जु दर्शनाले ९०७८ मत ल्याउँदै गर्दा कांग्रेसका प्रवल थापाले ४०८८, तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेले १३५२ मत ल्याउदा कांग्रेसका गोविन्द भट्टराईले ५९०, दांग १ मा रास्वपाका देवराज पाठकले १५१६ ल्याउँदा कांग्रेसका योगेन्द्र चौधरीले २९२, काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेलले ३७०२ मत ल्याउदा कांग्रेसका प्रदीप पौडेलले १०९०, काठमाडौं ७ मा रास्वपाका गणेश पराजुलीले १४८१ मत ल्याउँदा एमालेका प्रकाश श्रेष्ठले ३०८, काठमाडौं ४ मा रास्वपाका पुकार बमले २५२९ मत प्राप्त गर्दा एमालेका राजन भट्टराईले ६९१, काठमाडौं ८ मा रास्वपाका बिराजभक्त श्रेष्ठले ६१२७ मत ल्याउँदा कांग्रेसकी सपना राजभण्डारीले ७३७, मोरंग ४ मा रास्वपाका सन्तोष राजवंशीले ३८५८ मत ल्याउदा कांग्रेसका गुरु घिमिरेले ६९५, भक्तपुर १ मा रास्वपाका रुकेश रञ्जितले ८८८ मत प्राप्त गर्दा कांग्रेसका किरण न्योपानेले २३५ मत प्राप्त गरेका छन् ।
यसैगरी मोरंग ५ मा आशा झाले १२२९ मत प्राप्त गर्दा जसपाका राजकुमार यादबले ५६५ मत, कंचनपुर २ मा दिपकराज बोहोरले ६३२ मत प्राप्त गर्दा कांग्रेसका एनपी साउदले १४५ मत, काठमाडौं १० मा रास्वपाका प्रदीप विष्टले ४२३४ मत प्राप्त गर्दा कांग्रेसका हिमाल कार्कीले ८१५, ललिलपुर ३ मा रास्वपाका तोसिमा कार्कीले ६९६ मत प्राप्त गर्दा कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले १०२, काठमाडौं ६ मा रास्वपाका शिशिर खनालले ५१५ मत प्राप्त गर्दा कांग्रेसका कृष्ण सबुज बानियाँले ३६० मत, कास्की २ मा रास्वपाका उत्तम पौडेलले १११७ मत प्राप्त गर्दा एमालेकी रश्मी आचार्यले ७३३ मत प्राप्त गरेकी छन् ।








प्रतिक्रिया