
काठमाडौं । नेपालमा शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको भन्दै अमेरिकाले बधाई दिएको छ । बिहीबार सम्पन्न भएको निर्वाचनको लागि अमेरिकी दूतावासले बधाई दिएको हो ।
अमेरिका नेपाललाई बधाई दिने पहिलो मुलुक हो ।
अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा ६० प्रतिशत मत खसेको छ । अहिले मतपेटिका गणनास्थलमा सार्ने काम भइरहेको छ । केही स्थानमा आजै रातिबाट गणना गर्ने तयारी समेत भइरहेको छ ।









प्रतिक्रिया