बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई भने: तपाईंको नेतृत्वमा लोकतन्त्रले जित्यो

161
Shares


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा लोकतन्त्रले जितेको बताएका छन् ।

भदौ २३ र २४ गतको जेनजी बिद्रोहपछि फागुन २१ मा चुनाव गराउने जिम्मेवारीसहित प्रधानमन्त्री नियुक्त भएकी कार्की नेतृत्वको सरकारले तोकिएको समयमै निर्वाचन सम्पन्न गराएको हो ।

बिहीबार देशभर एकाधबाहेक सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदान गर्ने समय सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका आगामी प्रधानमन्त्रीका प्रस्तावित उमेदवार बालेन शाहले प्रधानमन्त्री कार्कीको नेतृत्वमा लोकतन्त्रले जितेको बताएका हुन् ।