
काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।
दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो ।
रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका रहेको यस मतदान केन्द्रमा मतदान रोकिएको हो ।
अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास भइरहेको बताइएको छ ।








प्रतिक्रिया