
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्।
पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रबाट बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन्।
मतदानपछि उनले सबैलाई मतदान गर्न आह्वान गरेका छन्। उनले भनेका छन्,’बिहानै मतदान गरियो । यो लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो । म अपेक्षा गर्दछु यो अभ्यासमा जति पनि मतदाता हुनुहुन्छ सम्भव भएसम्म आफ्नो विवेकलाई प्रयोग गर्नुहुनेछ । आवेगमुक्त भएर मतदाताले अबको देशको समाधानका लागि आफ्नो निर्णय दिनुहुनेछ।’
कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन्।
उनले भने, ‘म नेपाली कांग्रेस पार्टीको एउटा प्रतिनिधिको रूपमा अहिले मतदान गरिरहँदै गर्दा निश्चय नै नेपाली कांग्रेस पार्टीको चुनाव चिन्ह रूखमा मतदान गरेको छु। र अपेक्षा गर्दछु नेपाली कांग्रेस पार्टी सबैभन्दा ठूलो दलका रुपमा निर्वाचनबाट विजयी हुँदैछ।’








प्रतिक्रिया