सर्लाही -४ मा मतदान सुरु भएकै केही समयमै हुलदङ्गा, पुनः मतदान सुरु

273
Shares

काठमाडौं । सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु हुनेबितिकै तनाव सुरु भएको छ ।

यो क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो ।

मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही समय स्थिति तनावग्रस्त पुगेको थियो ।

विवादपछि भएको तनावले केहीबेर मतदान अवरुद्ध भएको थियो अहिले मतदान पुनः सुरु भएको छ ।