इरान युद्ध : चीनको उदयलाई रोक्ने अमेरिकाको चाल

742
Shares

एजेन्सी । साउदी अरब र संयुक्त अरब अमिरात (यूएई) इरानसँग शान्तिपूर्ण रूपमा बसिरहेका थिए ।

सन् २०२३ मा चीनले साउदी र इरानबीच शान्ति सम्झौता गराएको थियो । तर, अमेरिकी सांसद लिन्डसे ग्राहम र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु साउदी अरबसँग रिसाएका थिए किनकि गाजामा भएको हत्यापछि उसले अब्राहम सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरिदियो ।

इजरायलले यो युद्ध निर्देशित गरिरहेको छ र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प वास्तवमा मोसादद्वारा प्रभावित राष्ट्रपति हुन् भन्ने कुरा अमेरिका फर्स्ट लबीलाई थाहा छ । एप्स्टीन फाइलले ट्रम्प इजरायल लबीको चंगुलमा रहेको कुरा स्पष्ट पारिदियो ।

युरोपेलीहरू यसमा फ्री राइडर (सित्तैमा लाभ लिने) मात्र हुन् । ट्रम्पले छिट्टै उनीहरूलाई भन्नेछन्, ‘हेर, म रुससँग युक्रेनको मुद्दा सुल्झाउँदैछु र नेटोको पूर्वी सीमाहरूमा आफ्नो उपस्थिति घटाउँदैछु । अब तिमीहरू आफैं कमान्ड सम्हाल ।’

यही कारणले गर्दा फ्रान्सले युरोपेली संघ (ईयू) लाई आणविक छाता प्रदान गर्न आफ्नो आणविक हतियारको भण्डार बढाइरहेको छ । र युरोपले पुनः हतियार जम्मा गर्न थालेपछि सामाजिक कल्याणका खर्चहरू कटौती हुनेछन् जसले युरोपमा सामाजिक अराजकता निम्त्याउनेछ ।

युद्धहरू पुनः युरोपमा फर्किनेछन् । यसको सम्बन्ध रुससँग कम तर टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोआनका मिलिसियाहरूको रूपमा काम गर्ने ओटोम्यान टर्क र सिरियालीहरूसँग बढी छ । त्यसैले पाकिस्तान र चीनसँग नजिक रहेको विस्तारवादी टर्की पनि इजरायलको हिट लिस्टमा छ ।

तर, यो आंशिक सत्य मात्र हो । अमेरिका आफैं यस युद्धको हिस्सा बन्न चाहन्छ किनभने उनीहरू इरानलाई पेट्रो युआनबाट पेट्रो डलरमा फर्काउन र खाडीमा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ विस्तारलाई रोक्न चाहन्छन् ।

साउदी अरबले चीनसँग पेट्रो युआन र ओपेक प्लसमा रुससँग हिमचिम बढाइरहेको थियो । त्यसैले यस युद्धमार्फत इजरायली र अमेरिकीहरूले साउदी र अन्य खाडी देशहरूलाई लाइनमा बस्न अन्यथा परिणाम भोग्न सन्देश दिइरहेका छन् ।

भेनेजुएला, पानामा नहर, क्युबामा नाकाबन्दी, ग्रीनल्यान्ड र अहिले इरान यो सबै पश्चिमी सभ्यता वा विश्व चलाउने बैंकिङ अभिजात वर्गको विरुद्धमा चीनको उदयलाई रोक्ने योजनाको हिस्सा हो ।

इरानको तीन भागमा विभाजन, त्यसपछि इजरायल र टर्कीबीचको महायुद्ध र अन्ततः पाकिस्तानको निःशस्त्रीकरण आगामी योजनाहरू हुन् । पास्तिानबाट छुट्टिएर एक स्वतन्त्र बलुचिस्तानको पनि सिर्जना गरिनेछ ।

भारतले पक्ष रोजिसकेको छ । सोमबार साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँगको कुराकानीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदीविरुद्ध इरानी आक्रमणको निन्दा गरेका छन् । भारतले यूएई र बहराइनलाई समेत फोन ग¥यो तर खामेनेईको मृत्युबारे एक शब्द पनि बोलेन ।

भारतले इजरायल–यूएई अक्षमा सामेल हुने निर्णय गरेको छ । यी कठिन निर्णयहरू हुन् तर कहिलेकाहीँ यसो गर्नुपर्छ । इन्दिरा गान्धीले पनि सन् १९७० मा पाकिस्तानसँगको युद्ध सुरु गर्नुअघि सोभियत संघसँग रक्षा सम्झौता गरेर तटस्थता त्यागेकी थिइन् ।

स्पष्ट भन्नुपर्दा, इजरायल सबै प्रविधि र रक्षा उत्पादन भारतसँग साझा गर्न तयार छ जुन इरानले सक्दैन । कारगिल युद्ध र अपरेशन सिन्दूरमा इजरायलले भारतलाई सहयोग गरेको थियो । त्यसैले भारत पनि संयुक्त लगानीमार्फत इजरायलको रक्षा प्रविधि उत्पादन केन्द्र बन्नेछ ।

तपाईंको खल्तीमा तेल अभिभ (इजरायल) छ भने, ह्वाइट हाउस तपाईंको साथमा छ र क्रेमलिन (रुस) सँग पनि सीधा सम्बन्ध हुन्छ किनकि पुटिन नेतान्याहुसँग धेरै नजिक छन् र इजरायलमा रुसीभाषी यहुदीहरूको ठूलो संख्या छ ।

रोथ्सचाइल्ड परिवारले सामाजिक सञ्जाल एक्समा खुला रूपमा भेनेजुएला र अहिले इरानको मामिलामा ट्रम्पलाई समर्थन गरेको छ । उनीहरूले क्रेमलिनलाई अमेरिकासँग १४ ट्रिलियन डलरको व्यापारको प्रस्ताव गरिरहेको सत्य हो ।

तर, पुटिन अहिलेलाई पर्ख र हेरको स्थितिमा छन् । यद्यपि, मध्यपूर्वी तेल र ग्यास आपूर्तिमा अवरोध आएमा उनलाई नै सबैभन्दा बढी फाइदा हुनेछ ।

रुसी ऊर्जाले यसबाट ठूलो लाभ लिनेछ । युरोपदेखि भारतसम्म सबैलाई आगामी मुद्रास्फीति र मन्दीको धक्काबाट बच्न तेल र ग्यास चाहिन्छ । इरानले आफ्नो अस्तित्वको लडाइँमा तेल र ग्यासलाई हतियार बनाउँदा यस्तो संकट आउनेछ ।

इरानले अहिलेको यो युद्ध एक्लै लड्नुपर्नेछ र चीन सबैभन्दा ठूलो घाटामा हुनेछ किनकि उसको ३८ प्रतिशत तेल हर्मुज हुँदै आउँछ र इरान बीआरआईमा चीनको ठूलो ग्राहक हो ।