अमेरिका-इसरायल आक्रमणमा खामेनेईकी श्रीमती पनि मारिइन्

217
Shares

काठमाडौं । इरानको सरकारी टेलिभिजन च्यानलले सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईकी श्रीमती मनसुरेह खोजस्तेह बघेरजादेहको मृत्यु भएको पुष्टि गरेको छ।

बीबीसी फारसीका अनुसार ‘हमशहरी’ अखबारले यसअघि खामेनेईकी श्रीमती अमेरिका र इसरायलका आक्रमणमा घाइते भई कोमामा गएको जनाएको थियो।

यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई अमेरिका र इसरायलका आक्रमणमा मारिएका थिए। ती आक्रमणमा खामेनेईका परिवारका अन्य सदस्यहरू तथा इरानको इस्लामी शासनका केही वरिष्ठ नेताहरू पनि मारिएको जनाइएको छ।