आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

658
Shares

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ९०० रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल चार हजार ८८५ निर्धारण भएको छ ।

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ९८५ रुपैयाँ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।