दुई बस ठोक्किँदा एकजनाको मृत्यु


काठमाडौं । महादेवबेँसीमा दुई यात्रुवाहक बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३–०१००६ ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए ।

दुर्घटनामा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए ।

ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको उनले जानकारी दिए ।

प्रहरी निरीक्षक थापाले भने, ‘मृतकको पहिचान भइसकेको छैन । दुर्घटनाका घाइतेहरूको सङ्ख्या एकिन भइसकेको छैन । अहिले उद्धारकार्य जारी छ ।’

Skip This