नेपाल–भारत सीमा सुरक्षा बैठकमै बेहोस भएका सशस्त्र प्रहरीका एसपी राजेश घिमिरेको निधन


काठमाडौं । सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ।

शुक्रबार दिउँसो नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका घिमिरेको गएराति निधन भएको हो।

मोरङको विराटचोकमा शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक भएको थियो।

उक्त बैठक चलिरहेका बेला उनी बेहोस भएर ढलेका थिए।

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी सुनसरी पकलीका डीआईजी कुमार न्यौपानेले घिमिरेलाई हृदयघात भएको बताए।

बैठक स्थलमा नै ढलेका एसपी घिमिरेलाई तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, उपचार सफल नभएको उनले बताए।

उपचारका क्रममा विराट मेडिकल कलेजमा राति ८ बजेर ५२ मिनेटमा एसपी घिमिरेको निधन भएको हो। एसपी घिमिरेको शव पोस्टमार्टमका लागि विराट टिचिङकै शव गृहमा राखिएको छ।

Skip This