
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भेगमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको केहि स्थानमा हल्का वर्षा रहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति तराईका केहि स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भेगको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।









प्रतिक्रिया