सभापति जितेपछि पहिलो पटक पार्टी कार्यालय पुगे गगन, लाग्यो ‘अबकी बार गगन सरकार’ को नारा


काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

पहिलो पटक पार्टी कार्यालय पुग्दा गगनलाई पार्टी कार्यकर्ताले नाराबाजी गर्दै स्वागत गरेका थिए ।

सभापति थापालाई आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ ।

सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्ने छ ।

बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ ।