
काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न तहका पदमा ३६ जना कर्मचारी भर्ना गर्ने भएको छ ।
कोषले आज जारी गरेको सूचनाअनुसार आठौँ तहका प्रवन्धकदेखि चौथो तहका सहायकसम्मका पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।
खुला प्रतियोगितामार्फत समावेशी सिद्धान्तअनुसार स्थायी पदपूर्ति गरिने भन्दै आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरिएको छ ।









प्रतिक्रिया