
काठमाडौं । काठमाडौंको एउटा निर्वाचन क्षेत्रका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।
काठमाडौं–१० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको हो ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बस्नेत मितेरी पार्टीबाट उम्मेदवार बनेकी थिइन्।








प्रतिक्रिया