
बाजुरा । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।
शुक्रबार साँझ उहाँ आफ्नै घरको छतबाट खस्नुभएको हो । छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्याएका थिए । चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए । शवपरीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया