
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा केन्द्रीय समिति अध्यावधिक गर्नका लागि निर्वाचन आयोग पुगेका छन् ।
बिहीबार दिउँसो अध्यक्ष गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा पदाधिकारी र नेता निर्वाचन आयोग पुगेका हुन् ।
आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको निर्णय अद्यावधिक गराउनको लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताएका थिए ।
उनले आयोगले आधिकारिकता विवाद चाँडै टुङ्ग्याउने विश्वास व्यक्त गरे ।
‘विशेष महाधिवेशनपछिको निर्णय अध्यावधिक गराउनको लागि निर्वाचन आयोग जाने निर्णय भएको छ। उम्मेदवार प्रयोजनको लागि हस्ताक्षर परिवर्तन गर्न, समानुपातिक उम्मेदवारको लिस्ट संशोधन गर्नको लागि हामी आयोज जान लागेका हौं।’
कांग्रेसको शेरबहादुर देउवा पक्षले पनि यसअघि हिजै गगन लगायतलाई पार्टीबाट निकालेको विवरण अध्यावधिक गरेपछि कांग्रेसको आधिकारिकता कसले पाउँछ भन्ने प्रश्न उठिरहेको छ ।








प्रतिक्रिया