कांग्रेस प्रवक्तामा चालिसे नियुक्त


काठमाडौं । विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसले देवराज चालिसेलाई पार्टीको प्रवक्ता नियुक्त गरेको छ।

ललितपुरको कुपन्डोलस्थित एक पार्टी प्यालेसमा जारी केन्द्रीय समिति बैठकले चालिसेलाई प्रवक्ता नियुक्त गरेको हो ।

पार्टीको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो चरणको बैठकमा आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारीसहित विविध समसामयिक विषयमा छलफल हुने बताइएको छ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेकाले आवश्यक कागजात अध्यावधिक गर्ने, त्यसका लागि निर्वाचन आयोगमा जाने लगायतका विषयलाई बैठकको कार्यसूचीमा समेटिएको छ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनले थापाको नेतृत्वमा बुधबार राति पदाधिकारी तथा केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो।