
काठमाडौं । सिन्धुलीबाट ठूरो परिमाणमा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलर (आजको विनियम दर अनुसार ८२ लाख ८ हजार नेपाली रुपैयाँ) सहित एकजना पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट झापा जाँदै गरेको बसमा राति जाँच गर्दा झापाका युवराज नेवारको झोलाबाट उक्त डलर भेटिएको प्रहरीले जनाएको छ । रकमबारे सिन्धुली प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
हिजै सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा मंगलबार राति लुटपाट भएको थियो ।
लुटेराहरूले काउन्टरमा रहेको ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । लुटपाटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।








प्रतिक्रिया