इसीमोडको सदस्य हुन करिब साढे २ लाख डलर बुझाउने, यस्ता छन् मन्त्रिपरिषदका १९ निर्णय


काठमाडौं । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड)को सदस्य राष्ट्रको लागि नेपालले २ लाख ४३ हजार ५ सय डलर भुक्तानी गर्ने निर्णय सरकारले गरेको छ ।

यो शुल्क सन् २०२४ को वार्षिक योगदान रकम भएको र उक्त रकम भुक्तानीका लागि स्वीकृति दिनेसहित २८ पुसको मन्त्रिपरिषदको बैठकले विभिन्न १९ वटा निर्णय गरेको छ ।