
काठमाडौं । नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुग्दै गर्दा राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार शीतलनिवासमा भेटवार्ता भयो । आइतबार(आज) बाट महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले विशेष महाधिवेशन गर्नू अघि राष्ट्रपति पौडेलले आफ्नो पूर्वदल कांग्रेसको विवाद मिलाउन अग्रसरता लिएका हुन् ।
भेटवार्ता सामान्य र स्वाभाविक भए पनि राष्ट्रपति पौडेलले पार्टीभित्रको विवाद मिलाउन सभापति देउवालाई आग्रह गरेको संस्थापन पक्षका नेताको भनाइ छ ।
यसअघि राष्ट्रपति पौडेलले शुक्रबार महामन्त्री गगन थापा र नेता रमेश लेखकलाई पनि शीतलनिवास बोलाएर लामो छलफल गरेका थिए ।








प्रतिक्रिया