सुनको मूल्य तोलामा २८ सयले बढ्यो, कति पुग्यो ?


काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको २ लाख ७० हजार ६०० रुपैयाँ तोकिएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढेको हो । शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।