
काठमाडौं । कमलादीमा रहेको स्काईवाक टावरको आम्दानी घटेको छ ।
वन्डर्स नेपाल प्रालिले निर्माण गरी सञ्चालनमा ल्याएको टावरको आम्दानी सन् २०२४ को तुलनामा सन् २०२५ मा घटेको हो ।
सन् २०२४ मा १० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२५ मा ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । जसमा कम्पनीको आम्दानी गत आर्थिक वर्षमा १ करोड ८० लाख रुपैयाँले आम्दानी घटेको हो ।
सन् २०१८ मा स्थापना भएको कम्पनीले स्काईवाक टावरसँगै २६ वटा स्टोरबाट कारोबार गर्दै आएको छ । टावर २ सय ५६ फिटको छ । टावरले वार्षिक ७ लाख २० हजार पर्यटकको आगमन हुने अनुमान गरेको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ । सन् २०२३ को जुनदेखि पूर्ण क्षमतामा सञ्चालन भएको स्काईवाक टावरले गत आवमा २ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ ।







प्रतिक्रिया