
काठमाडौं । उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रबिन्दु भएर आज (शनिबार) भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि आजै बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।








प्रतिक्रिया