एलजीले गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक

77
Shares

काठमाडौं । एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न टि(२० विश्वकप यात्राको पहिलो चरणको विजेता घोषणा गरेको छ ।

यहि मंसीर २९ गते देखि एल जी नेपालले विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेको थियो ।

यहि फेब्रुअरी ७ देखि इंडिया र श्रीलंकामा हुन गैईरहेको विश्वकप क्रिकेट लक्षित गरि एलजी नेपालले घोषणा गरेको क्याम्पेनको पहिलो चरणको विजेताहरु घोषणा गरेको छ ।

नेपाल अधिराज्य भरि लागु भएको विशेष योजनामा एलजी नेपालले पहिलो चरण को ४ जना भाग्यसाली विजेताहरु छनोट गरेको छ ।

पहिलो चरणको विजेताहरु मा काठमाडौं इमाडोलका उसन प्रधंगनाले सिजी डिजिटल इमाडोलबाट वाशिंग मेसिन, बुटवलका शिव आचार्यले भाटभटेनी बुटवलबाट टिभी, नैकापका प्रवाश ढुंगानाले कलंकी टिभी हाउसबाट टिभी र पोखराका बिनोद सापकोटाले न्यु साउण्ड एंड भिजन पोखरा बाट वाशिंग मेसिन खरिद गरेका थिए।

यस योजना अन्तर्गत एलजीको कुनै पनि समान खरिद गर्दा ग्राहकहरुले वान्खेड़े स्टडीयम मुम्बईमा नेपालको कुनै एक खेल प्रत्यक्ष हेर्ने पाउने छन् । त्यसैले सोहि चार जनाले नेपालको खेल प्रत्यक्ष हेर्न पाउने भएका हुन् ।

नेपालको पहिलो चरणको सबै खेल मुम्बईमा हुन गैरहेको छ ।

त्यसैले, एलजीले ४ रात ५ दिनको मुम्बई यात्रा लगायत नेपालको खेल प्रत्यक्ष हेर्न सम्पूर्ण क्रिकेट प्रेमीको लागि अवसर जुराएको छ, र यसमा लाग्ने सबै खर्च कम्पनीले नै बेहोर्ने छ ।

Skip This