
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सोमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।
पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।










प्रतिक्रिया