
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित जारको पानीमा इष्ट र मोल्डको उपस्थिति भेटिएको भन्दै बजारबाट पानी फिर्ता लैजान निर्देशन दिएको छ ।
भक्तपुरको चागुनारायणस्थित हेरिटेज वेभरेज कम्पनीले उत्पादन गरेको ब्याच नम्बर जेएआर एफआरई ९१ र उत्पादन मिति २०२५ नोभेम्बर २१ रहेको प्रशोधित २० लिटरको पिउने पानीको जार बजारबाट फिर्ता लैजान विभागले निर्देशन दिएको हो ।
विभागका प्रवक्ता डा.बालकुमारी शर्माका अनुसार प्रशोधित पानीमा इष्ट र मोल्डको अनुपस्थिति हुनुपर्ने मापदण्ड विपरित उक्त कम्पनीबाट उत्पादित पानीमा ति दुवै प्रकारको हानिकारक तत्व पाइएको थियो ।








प्रतिक्रिया